नेचासल्यान : कांग्रेस र राप्रपाका दुई दर्जन बढी कार्यकर्ता एमालेमा प्रवेश

डिल्ली शर्मा
सोलुखुम्बु । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेचासल्यानका दर्जनौं युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन।

नेकपा एमाले नेचासल्यानको प्रथम गाउँपालिका अधिबेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका युवा नेता सन्तोषबाबू राई,राजु नेपाली र घनश्याम बास्तोला तथा राप्रपाबाट नवराज जमरकटेल तथा बसन्त जमरकटेल लगायत दुई दर्जन बढी कार्यकर्ता एमालेमा प्रवेश गरेको नव निर्बाचित गाउँपालिका कमिटी अध्यक्ष जगन्नाथ बास्तोलाले बताए ।नव प्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य मानबीर राई तथा बिशेष अतिथि प्रदेश कमिटी सदस्य डिबी किराँती तथा जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला लगायतले स्वागत गरेका थिए।कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य रामकाजी राई, सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राई,नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष हर्क राई तथा जिल्ला कमिटीका अन्य सदस्यहरुको उपस्तिथि रहेको थियो ।
अधिबेशनले बास्तोलाको नेतृत्वमा ७१ सदस्यीय नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटी र आशिष राईको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेचासल्यान गाउँपालिका कमिटी चयन गरेको छ।

