प्रदेश नम्बर १ का मुख्यमन्त्री आचार्यअचार्यद्वारा राजीनामा, राजेन्द्र राई बन्दै

मोरङ : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजिनामा दिएका छन्। आज दिउँसो संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजिनामा दिएका हुन्। नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिनुपर्ने थियो।

एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते मुख्यमन्त्रीमा मुख्यमन्त्री बनेका हुन्। जनताको विश्वास भएपनि संसदको अंकगणितको कारण राजिनामा दिनु परेको मुख्यमन्त्री आचार्यले बताए
केन्द्रमा सत्तारुढ गठबन्धनले प्रदेश १ मा नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ। एकीकृत समाजवादीबाट राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार हुन्। उनलाई मुख्यमन्त्री बनाउने निर्णय पांचदलीय गठबन्धनले गरिसकेको छ।

