नेकपा एकीकृत समाजबादी सोलुखुम्बुको इन्चार्जमा आङङिमा
काठमाडौं।नेकपा एकीकृत समाजवादीले सोलुखुम्बु इन्चार्जको जिम्मेवारी आङङिमा लामालाई दिएको छ।

हालै निर्माण गरिएको केन्द्रीय कमिटीका सदस्य रहेका राईलाई सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको नेकपा एकीकृत समाजबादीले जनाएको छ।पार्टीले केन्द्र देखि जिल्ला तहसम्मको जिम्मेवारी टुंगो लगाउने क्रममा सोलुखुम्बुकै सौमाया राईलाई केन्द्रीय परिषद सदस्य बनाईएको छ।शेर्पा र राईबाहेक सोलुखुम्बुबाट अन्य नेताहरुले केन्द्रमा कुनै जिम्मेवारी पाएका छैनन्।हाल एकीकृत समाजबादीको जिल्ला इन्चार्ज बनेका शेर्पा पार्टी बिभाजन पूर्ब नेकपा एमाले प्रदेश कमिटी सदस्य थिए। उनी एमाले सोलुखुम्बुका पूर्ब अध्यक्षसमेत हुन्।
हालै मात्र नेकपा एकीकृत समाजबादीले केन्द्रदेखि जिल्ला तहसम्मको जिम्मेवारी टुंग्याउदै ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो।
सो पार्टीको स्थायी कमिटीमा ४२, पोलिटब्युरोमा ९४ र केन्द्रीय सचिवालयमा ११ जना छन् ।वरियतामा अध्यक्ष माधवकुमार नेपाल पहिलो, सम्मानित नेता झलनाथ खनाल दोस्रो, मुकुन्द न्यौपाने, तेस्रो, प्रदीप नेपाल चौंथो र राजेन्द्रप्रसाद पाण्डे पाचौं छन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई विदेश विभागको जिम्मेवारीसहित सम्मानित नेता भनिएको छ ।मुकुन्द न्यौपाने उद्दोग, वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँटका इन्चार्ज तोकिएका छन् । प्रदीप नेपाललाई प्रतिष्ठानहरुको इन्चार्ज बनाइएको छ ।जीवनराम श्रेष्ठ संघीय संसदीय विभाग प्रमुख बनाइएका छन् ।
उपाध्यक्ष पाण्डेलाई राजकीय मामिला विभाग प्रमुख, प्रमेश हमाल पार्टी स्कुल विभाग प्रमुख, घनेन्द्र बस्नेत प्रदेश नं १ इन्चार्ज, केदार न्यौपाने, बागमती इन्चार्ज, केशवलाल श्रेष्ठ गण्डकी इन्चार्ज, धर्मनाथ प्रसाद शाह प्रदेश २ इन्चार्ज बनाइएका छन् ।
महिला फाँट इन्चार्जमा जयन्ती राई, महासचिव डा। वेदुराम भुसाल संगठन विभाग प्रमुख, उपमहासचिव प्रकाश ज्वाला संगठन विभाग उपप्रमुखसहित कर्णाली प्रदेश इन्चार्ज बनाइएका छन् ।

