सोलुखुम्बु : एकीकृत समाजबादी त्यागेर एमालेमै फर्किए शेर्पा,बिभाजनको पक्षमा नलाग्न आग्रह



सोलुखुम्बु। नेकपा एमालेको बिभाजनपछि बनेको नेकपा एकीकृत समाजबादी सोलुखुम्बुका नेता तेन्जी शेर्पा पुनः पुरानै घर नेकपा एमालेमै फर्किएका छन् ।

नेकपा एकीकृत समाजबादी निकटको विद्यार्थी संगठन अनेराबियूको केन्द्रीय कमिटी सचिवालय सदस्य समेत रहेका शेर्पा अर्का जिल्ला कमिटी सदस्य सोना शेर्पा सहित एमालेमै फर्किएका हुन्।विद्यार्थी राजनीतिमा सक्रिय र प्रभाव शाली मानिएका शेर्पाले कहिल्यै पनि बिभाजनबाट बृहत कम्युनिस्ट एकता को राष्ट्रिय आवश्यकता पूर्ति हुन नसक्ने निष्कर्षसहित आफू एमालेमै फर्किएको बताउंदै बृहत कम्युनिस्ट एकताका लागि एमालेको विकल्प नरहेको प्रतिक्रिया दिए।

फुट र बिभाजनमा अल्मिलिंदा मुलुकको राजनीतिक,आर्थिक र सामाजिक बिकासको बाटो अबरुद्ध हुने बताउंदै शेर्पाले ुसुखी नेपाली र समृद्ध नेपालु को राष्ट्रिय कार्यभार पूरा गर्नका लागि एमालेमै फर्कन एसमा आवद्ध नेता कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो।आफुले जिल्ला अनेरास्ववियूको नेतृत्व पनि गरिरहेको बताउंदै शेर्पाले केहि दिन भित्रै नेकपा एकीकृत समाजबादी निकटको सोलुखुम्बु जिल्ला कमिटी नै एमालेमा समाहित हुने बताए।

प्रतिक्रिया दिनुहोस्