शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी आफैं चनाखो हुनुपर्छ : अध्यक्ष बास्तोला



सोलुखुम्बु।नेपाल कम्युनिस्ट पार्टी ९एमाले० सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अब विद्यार्थी आफैं ले सक्रियता देखाउनु पर्ने बेला आएको बताउनुभएको छ।

अनेरास्ववियु सोलुखुम्बु जिल्ला कमिटीद्वारा बडादशैं, शुभदिपावली तथा छठपर्बको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै नेचासल्यान गाउँपालिका अध्यक्षसमेत रहनुभएका बास्तोलाले विद्यालयको ब्यबस्थापन,शिक्षण सिकाईको अवस्था र छात्रवृत्ति बितरण जस्ता कुराहरूमा चनाखो भएर विद्यार्थीहरुको भविष्य निर्माणको अगुवाई गर्न अनेरास्ववियुका नेता कार्यकर्ताहरुलाई निर्देशन दिंदै सो कुरा बताउनुभएको हो।

कतिपय विद्यालय र क्याम्पसहरुमा परीक्षा हुने तर पढाई नहुने अवस्था रहेको चर्चा गर्दै अध्यक्ष बास्तोलाले स्थानीय सरकारले अवस्था सुधारका लागि पहल गर्दा समेत त्यहाँको ब्यबस्थापन समितिले बेवास्ता गरिरहेको आरोप लगाउनुभयो।स्थानीय सरकारले शैक्षिक सुधारका लागि सक्दो पहल गरिरहेको जानकारी दिंदै वहाँले पालिका भित्रका सबै बिद्यालयलाई प्रबिधिसंग जोड्ने प्रयास त्यसैको प्रतिफल भएको स्पष्ट पार्नुभयो।

अनेरास्ववियु नेचासल्यान गाउँपालिका इन्चार्ज सरोज भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला इन्चार्ज जगन्नाथ बास्तोला,पूर्ब जिल्ला कमिटी अध्यक्ष डिल्ली शर्मा लगायत अनेरास्ववियु र नेकपा एमालेका स्थानीय नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेको अनेरास्ववियुका नेता कबिन बहादुर क्षेत्री खड्काले जानकारी दिए।कार्यक्रममा एमाले र अनेरास्ववियुका स्थानीय नेता कार्यकर्ताहरुको बाक्लो उपस्तिथि रहेको थियो।

उता जिल्ला कमिटीकै आयोजनामा सोताङमा पनि अनेरास्ववियुले चियापान कार्यक्रमको आयोजना गरेको प्रचार बिभाग प्रमुख मिलन नाछिरिङ राईले जानकारी दिए।कार्यक्रममा नेकपा एमाले जिल्ला गाउँ कमिटी अध्यक्ष प्रकाश कार्की लगायत जिल्ला कमिटी सदस्य र अनेरास्ववियुका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्