कहिले गतिशील होला हाम्रो देश?



प्रमिला पाण्डे (थापा)

हाम्रो देश नेपालमा मात्र सरकारको फेरबदल भइरहने देश रहेछ भन्ने हामि आम नेपालीहरु माझ देखा परिरहेको छ ? किन होला एक आपसमा समझदारी कायम नभएको होला ।अहिलेको महामारी रोग र परिस्थितिको साथै देशको अवस्था अनुसार मिलिजुली नेपालीहरु समक्ष सरकार किन एकै स्थानमा बस्न नसकेको होला ? हाम्रो देशको अवस्था र अर्थतन्त्रको विकास कसरी हुन्छ र यो त सरकारमा बस्ने सरकारले बुझ्नुपर्ने हो । सधै सरकारमा जानको लागि तछाडमछाड र दौडको खेल हुन्छ । देशको जनता भनेको हामिहरुनै हौ सरकारमा बस्नेहरु पनि यो देशको जनताहरु नै हुन !! देशको माया सम्मान र जनताहरुको विचार गर्ने कुनै पनि पार्टीका नेताहरु अहिले सम्म किन हामीहरु सामु देखा नपरेको होलान् ।

जुनसुकै पार्टिको सरकार आए पनि हानाहान र को अघि को पछि यस्तो पनि देख्नुपर्दो रहेछ। कुनै पनि सरकार पाँच वर्ष सम्म टिक्न सकेको छैन वर्ष वर्षमा बदलिरहने हाम्रो देशको सरकार किन र सुन्दा आश्चर्य लाग्छ यो कुरा त सरकारमा बस्ने जो कोहिलाइ पनि ज्ञान हुनुपर्ने हो र नेपाली जनताहरुको अगाडि लाज लाग्नुपर्ने हो । सरकार पाँच वर्ष सम्म टिकाउने सरकार बनाउन सबै पार्टिहरु मिलेर सहयोग गरेमा देश अगाडि बढ्ने र देश विकासोन्मुख क्रममा अघि बढ्दै जाने र जनतामा विश्वास पनि बढ्ने जनता वातावरण सिर्जना हुँदै जाने थियो ।

सरकार फेरिए लगत्तै नयाँ अनुहार फेरिने चलन यो कस्तो विकसित देश हो। देशको विकास गर्नुको सट्टा मन्त्रीहरु राजदूतहरु विभिन्न सरकारी निकाएका प्रमुखहरू र कर्मचारीहरूमा पनि तल माथि र व्यक्तिहरु फेरिने चलन हाम्रो देशमा सरकार फेरिने र नयाँ अनुहार देखापरी हाल्छ यो कस्तो \बिडम्वना हो । जुन पार्टिका सरकार भएपनी आफ्नो पार्टिका र आफ्नो नातागोताहरु लाई अघि बढाउने संसारमा नभएको हाम्रो देश नेपालमा लागु भएको देखिन्छ ।

हामी साधारण जनताहरुले दुख गरि कमाएको राजश्वले सरकार हरु लाई कतिसम्म धान्न सकिने रहेछ। जनताहरुलाइ सुख , शान्ति न्याय , महँगीको मारमा पार्ने आफुहरु मन लागि मानिसहरु छानी छानी उच्च पदमा राख्ने र देशको राजश्वको चुहावट गर्ने यो प्रवृत्ति कहिले सम्म ?. यसैगरी फेरबदल भइरह्यो भने घुसखानेतन्त्र कायम भइरहने छ ।

हामिहरुले राजतन्त्र, प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्र सबै तन्त्र देखेर अनुभव र बुझिसकेका छौ तर राष्ट्र लाई गतिशील बाटोमा हिडाउने सक्षम नेता पाउन देशलाई मुस्किल भएको छ। जय राष्ट्र नेपाल !!!. बत्तिसपुतली धोविखोला

प्रतिक्रिया दिनुहोस्