सोलुखुम्बु :अनेरास्ववियुले मंसिरमा ११ औं जिल्ला सम्मेलन गर्ने,नेताहरूलाई तोक्यो जिम्मेवारी



सोलुखुम्बु ।नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी सोलुखुम्बुको ११औं जिल्ला सम्मेलन आगामी मंसिर आयोजना हुने भएको छ।

शनिबार सल्लेरीमा सम्पन्न सो संगठनको पांचौ पूर्ण बैठकलेआगामी मंसिर २४ र २५ गते सम्मेलन गर्ने निर्णय गरेको हो।सम्मेलन आयोजनाका लागि भुपेन्द्र राईको संयोजकत्वको तत्कालीन जिल्ला कमिटीलाई आयोजक समितिमा रुपान्तरण गर्दै सदस्य संख्या ४९ पुर्‍याईएको प्रचार बिभाग प्रमुख मिलन नाछिरिङले जानकारी दिए।

बैठकले विभिन्न विभागीय प्रमुखहरु चयन गरेको छ।नाछिरिङका अनुसार
सम्पर्क समन्वय बिभाग प्रमुखमा भुपेन्द्र राई संगठन बिभाग प्रमुखमा श्याम कुमार राई,प्रचारप्रसार बिभाग प्रमुखमा मिलन नाछिरिङ,आर्थिक बिभाग प्रमुखमा सरोज भट्टराई,साँस्कृतिक बिभाग प्रमुखमा प्रताप राई रहेका छन् ।

यसै गरि बैठकले नगरपालिका र गाउँपालिका इन्चार्ज, सह(इन्चार्ज र अध्यक्षको जिम्मेवारी समेत तोकेको उनले बताए । जिम्मेवारी प्राप्त गरेका सो संगठनका नेताहरूले विद्यालय तथा क्याम्पसमा प्रारम्भिक कमिटी गठन गरि सो को प्रतिबेदन मङ्सिर १७ गते बस्ने जिल्ला कमिटी बैठकमा पेश गर्नुपर्ने निर्णय भएको उनले बताए।

यी हुन् अनेरास्ववियुका गाउँ कमान्डर

महाकुलुङ गाउँपालिका

इन्चार्ज: नुरु शेर्पा
सह:इन्चार्जमा मनिष नाछिरिङ
र अध्यक्षस्दिपक कुलुङ

सोताङ गाउंपालिका

इन्चार्ज: मिलन नाछिरिङ
सह(इन्चार्ज:भुपाल राई
अध्यक्ष: खड्ग ब। बि।क

माप्य दुधकोशी गाउंपालिका

इन्चार्ज: गौरव राई
सह(इन्चार्ज:प्रताप राई
अध्यक्ष: बिकाश राई

थुलुङ दुधकोशी गाउंपालिका

इन्चार्जस्; मनिष नाछिरिङ
सह(इन्चार्ज: शिरा कुलुङ
अध्यक्ष:भलाकाजी तामाङ

नेचा सल्यान गाउँपालिका

इन्चार्ज: सरोज भट्टराई
सह(इन्चार्ज: आशिष बास्तोला
अध्यक्ष: पुण्य प्रसाद कट्टेल

सोलु दुधकुण्ड नगरपालिका

इन्चार्ज: पेम्बा शेर्पा
सह(इन्चार्ज: रस्मिता कार्कि
अध्यक्ष: नरेन्द्र कुलुङ

लिखुपिके गा। पा

इन्चार्ज: नुरु शेर्पा
सह(इन्चार्ज
अध्यक्ष

खुम्बुपासाङ्ल्हमु गाउँपालिका

इन्चार्ज:गौरव राई
सह(इन्चार्ज: प्रताप राई
अध्यक्ष:

प्रतिक्रिया दिनुहोस्