भरतमणि बने कमेडी च्याम्पियन सिजन २ को बिजेता



काठमाडौँ । कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन्। उपाधिसँगै उनले २५ लाख रुपैयाँ, ड्याट्शनको कार र अन्य धेरै गिफ्ट ह्याम्पर पनि जितेका छन्। निर्णय दर्शकले दिएको भोटका आधारमा भएको हो।

ताप्लेजुङका भरतमणि पौडेल यो सिजनका सबैभन्दा चर्चित पात्र थिए । नेता तथा कलाकारको क्यारिकेचर गर्ने उनी उत्कृष्ट ३ पुग्ने कार्यक्रममा पूर्व युवराज पारस शाहको पात्र निर्वाह गरेर सर्वत्र चर्चामा आएका थिए । उनलाई समसामयिक विषयमा गर्ने हाँस्य व्यंग्य कलाकारको रुपमा चिनिन्छ ।

यस्तै सिक्किमका बिक्की अग्रवाल कमेडी च्याम्पियन सिजन २ को दोस्रो बिजेता बनेका छन् । उनले टिभीएसको मोटरसाइकल जितेका छन् । उनले हाँस्यव्यंग्यको क्षेत्रमा नयाँनयाँ प्रयोग गरेका छन् । उनी क्यारिकेचर गर्दैैनन् तर नयाँनयाँ विधाको प्रयोग गर्ने अग्रवाल पछिल्लो समय उत्कृष्ट ३ को प्रतिस्पर्धामा पेन्डोमाइम गरेर चर्चामा आएका थिए । उनको कन्टेन्टमा तर्क हुने हाँस्य व्यंग्यका विज्ञ बताउँछन् ।

यस्तै गोरखाका सन्तोष थापा यो कार्यक्रमको तेस्रो बिजेता बनेका छन्। उनले स्कुटर र धेरै गिफ्ट ह्याम्पर जितेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित यो कार्यक्रमको पहिलो सिजन हिमेश पन्तले जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्