एस पार्टी र लोसपामा सनाखत गरेका प्रदेश सांसदहरुलाई निर्बाचन आयोगको मान्यता

काठमाडौं। (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका प्रदेश सांसदहरूलाई मान्यता दिएको छ ।

नेकपा (एमाले)का प्रदेश नम्बर–१ बाट १०, प्रदेश नम्बर–२ बाट १३, वाग्मती प्रदेशबाट १३, लुम्बिनी प्रदेशबाट एक, कर्णाली प्रदेशबाट तीन, सुदूरपश्चिम प्रदेशबाट १४ सांसदले (एकीकृत समाजवादी ) रोजेका थिए । कुल ५४ प्रदेश सांसद उक्त दल रोजे ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का प्रदेश–२ बाट १६ र सुदूरपश्चिम प्रदेशबाट एक सांसदले लकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका थिए ।
उनीहरूको सनाखतलाई मान्यता दिएर प्रदेशसभा तथा दललाई उक्त जानकारी दिइएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए ।

