१४ औं महाधिवेशन : महामन्त्री पदमा तीन जनाको दावेदारी,शर्माले पनि गरे उम्मेदवारी घोषणा



काठमाडौं। नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले आसन्न महाधिवेशनमा आफूले महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । बिहीवार काठमाण्डौको सुन्दरीजल पुगेर शर्माले महामन्त्रीमा उम्मेदवारीकाे घोषणा गर्नुभएको हो । यसअघि कांग्रेसका नेता गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमा उठ्ने बताइसकेका छन् ।

तीन वटा चुनाव लगातार जितेर १५ वर्षमा देश बनाउने वीपी कोेइरालाको परिकल्पनालाई सम्बोधन गर्न पनि आफूले पार्टीभित्रका सबै नेता र कार्यकर्ताको साथ, सहयोग र समर्थन पाएर पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने योजना बनाएको उनले स्पष्ट पारे।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि अहिले वडा अधिवेशन चलिरहेको छ । महाधिवेशन मङ्सिर ९ देखि १३ सम्म काठमाण्डौमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्