चर्चित गायक उदितनारायण नारायणलाई ‘नेल्सन मण्डेला पिस नोवेल अवार्ड’



काठमाडौं। केहि बर्ष यतादेखि भारतलाई कर्मथलो बनाउदै आएका नेपाली गायक उदित नारायण झाले तीन ओटा सम्मान तथा अवार्ड पाएका छन्। उनले ‘नेल्सन मण्डेला पिस नोवेल अवार्ड’ प्राप्त गरेका हुन्।

साथै, उनलाई ‘डक्ट्रेट एण्ड पोष्ट ह्यूमस’ र ‘ह्युमन एक्सलेन्स गोल्ड मेडल’ अवार्ड समेत दिइएको छ।

अवार्ड पाएको फोटोहरु सेयर गर्दै झाले सम्मान र अवार्ड पाएको कुराबारे फेसबुकमार्फत जानकारी दिएका हुन्।

गायक उदित नारायण झाले नेपाली थुप्रै गीतहरूमा स्वर दिएका छन्। साथै, उनी भारतमा निकै लोकप्रिय गायकको रुपमा परिचित छन्।

प्रतिक्रिया दिनुहोस्