एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली आईपुग्यो काठमाडौं



काठमाडौँ । बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन ९एमसिसी० को मुलुकभर तीब्र बिरोधका भइ रहेका बेला सो परियोजनाकि उपाध्यक्ष फातिमा सुमार बिहीबार काठमाडौँ आइपुगेकी छन्।

सुमारसहितको टोली बिहीबार बिहान ९ बजेर २७ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।उनीसहितको टोली कतार एअरवेजको जहाजमा नेपाल भित्रीने भएपछि सरकारले बिहानै देखि काठमाडौंको सुरक्षा ब्यबस्था कडा पारेको थियो।उनको नेपाल यात्रासंगै मुलुकमा आन्दोलन थप चर्कने भएपछि नेपाल भित्रीए पनि सुमार यात्रा विवरण गोप्य राखिएको छ। बुधबार समेत प्रदर्शनकारीले सुमार र एमसिसीको विरोध गरिएका प्लेकार्ड बोकेका थिए।

उनी नेपाल आउने कार्यक्रम निश्चित भएपछि बुधबार मात्रै एमसीसीको बिषयमा थप स्पष्ट पार्न सरकारले पठाएको पत्रको जवाफ दिंदै अमेरिकाले सम्झौता भइ सकेका कारण त्यसमा राखिने प्रावधान संशोधन गर्न नसकिने स्पष्ट पारेको थियो।

गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन। परियोजनाले अमेरिकी हस्तक्षेप बढाउने भन्दै विरोध हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्