एमसीसी र मोदीविरुद्ध बोल्नेलाई जेल हाल्ने गृहको चेतावनीप्रति नेता सिंहको आपत्ती



काठमाडौं।एमसीसी सम्झौता र भारतीय गतिविधिबिरुद्ध बोल्नेलाई कारबाही गर्ने चेतावनी सहित घुमाउरो पाराले गृहमन्त्रालयले प्रकाशित गरेको बिज्ञप्तिको सर्बत्र बिरोध भइ रहेका बेला नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गृह मन्त्रालयको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सोमबार नेपाली कांग्रेस सिन्धुपाल्चोकले गरेको कार्यक्रममा नेता सिंहले गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक रहेको बताए । उनले यस्ता विषयमा सरकार सच्चिनुपर्ने बताए ।‘सरकारले जनताको दुःखमा साथ दिनुपर्छ, जनाताका पक्षमा हुनुपर्दछ । गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ । यसमा सरकार सच्चिनु पर्छ,’ उनले भने ।

उत्ता सत्तारुढ घटक माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ ।दार्चुला घटना र भारतीय हस्तक्षेपप्रति मौन सरकारले मोदीको पुत्ला जलाउँदा चाहिँ कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको भन्दै सो संगठनले गृहमन्त्री खाँणको पुत्ला जलाएको हो।सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाए थिए।

प्रतिक्रिया दिनुहोस्