प्रदेश २ : लोसपाको पक्षमा सनाखत गर्ने सांसदको संख्या १५ पुग्यो, थप एकजनाले भोलि गर्ने



जनकपुर ।प्रदेश नम्बर–२ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा थप तीन सांसदले सनाखत गरेका छन् ।

आइतबार तीन सांसद प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर सनाखत गरेका हुन् । प्रदेशसभा सदस्यहरू अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले सनाखत गरेका हुन् । यसअघि, १२ सांसदले लोसपाको पक्षमा सनाखत गरिसकेका छन् ।लोसपामा खुलेका जितेन्द्र सोनलले भोलि सनाखत गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्