नेपाली कांग्रेस : दुई वडाबाहेक खोटाङका सबै वडामा अधिबेशन सम्पन्न, अधिकांशमा सर्बसम्मत

खोटाङ।नेपाली कांग्रेसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खाबाहेक खोटाङका ७७ वडामा अधिवेशन टुंग्याएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत जिल्लाका ७९ वडामध्ये ७७ वडाको अधिवेशन टुंगिएको हो ।७० वडामा सर्वसहमत र ७ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताए ।
सहमति नजुट्दा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको डाँडागाउँ र बतासे, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले, केपीलासगढी गाउँपालिकाको बाक्सिला र सुंदेल तथा ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा मतदानका माध्यमबाट वडा अधिवेशन टुंग्याइएको हो ।
खोटाङमा कांग्रेसका ६ हजार ८०० क्रियासिल सदस्यले वडा अधिवेशनमा सहभागीता जनाएका छन् । कांग्रेसको वडा अधिवेशबाट वडा सभापतिसहित २३ सदस्यीय वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ ।

