गौतमले त्यागे नेकपा एमाले, अध्यक्ष ओलीमाथि लगाए यस्तो आरोप ( राजीनामा पत्रसहित)



काठमाडौ ।नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । शुक्रबार नेता गौतमले एमाले मुख्यालय पुगेर पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकाे गाैतमका प्रेस सहयाेगी विश्वमणि सुवेदीले जानकारी दिए ।

नेता गाैतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे गलत विचार, प्रवृति र शैलीका कारण आफूले एमालेबाट राजीनामा दिएको बताएका छन् ।

“तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो । आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्मगर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृति र शैली अगाल्नुभयो । त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो,” गौतमले राजीनामा पत्रमा भनेका छन् ।

उनले अगाडि भनेका छन्, “म आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सवै जिम्मेवारीबाट राजीनामा दिएको छु ।”

पछिल्लोपटक नेता गौतमले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले जनताको बहुदलीय जनवाद अनुशरण गरे पार्टी प्रवेश गर्ने बताएका थिए।

No description available.

प्रतिक्रिया दिनुहोस्