गगन थापा पौडेल समूहमा,मन्त्री नपाउंने भएपछि सिटौलाको साथ छोडेको कतिपयको आरोप

काठमाडौं।मंसिरमा हुने नेपाली कांग्रेसको १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका युवा नेता गगनकुमार थापाले यसपटक गुट परिवर्तन गरेका छन्।

१४ औं महाधिवेशनमा महामन्त्रीका लागि यस अघि नै उम्मेदवारी घोषणा गरेका थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा लागेका हुन्।संस्थापनबिरुद्ध एकमात्र उम्मेदवारी दिने घोषणाका लागि पौडेल समूहद्वारा बिहिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित भएर आफुले गुट परिवर्तन गरेको सन्देश दिएका हुन्।
पौडेल समूहले देशभरका नेता–कार्यकर्ताहरूलाई आफ्नो समूह एकढिक्का रहेको सन्देश दिन सानेपामा सो पत्रकार सम्मेलन आयोजना गरेको थियो।
उक्त पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुजाता कोइराला, डा शेखर कोइराला, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, गगन थापा, सरिता प्रसाईं र किरण यादव सहभागी हुनुहुन्थ्यो ।
थापाले गुट परिवर्तन गरेसंगै एकथरी ले अब बिस्तार हुने मन्त्रीमण्डलमा सिटौलाले आफुलाई नपठाउने निश्चित भएपछि उनले सिटौला समूह त्यागेर पौडेल समूहमा लागेको आरोप लगाउन थालेका छन् ।

