सोलुखुम्बु कांग्रेसको बैठक शुक्रबार बस्ने




खगिन्द्रराज बास्तोला
सोलुखुम्बु । नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुको बैठक शुक्रबार बस्ने भएको छ।

आसन्न पार्टीको १४ औं महाधिवेशनको सन्दर्भमा हुने वडा,पालिका,प्रदेश सभा क्षेत्र र जिल्ला अधिबेशनका बिषयमा छलफल गर्न सो बैठक बोलाईएको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले जानकारी दिएका छन् ।

शुक्रबार १२: ३० बजे सदरमुकाम सल्लेरीस्थित पार्टी कार्यालयमा सुरु बैठकमा जिल्ला कार्य समितिका पदाधिकारी,सदस्यहरु,पूर्ब पार्टी सभापति,प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरु,जिल्ला कार्य समितिका पदेन तथा आमन्त्रित सदस्य र भात्री तथा शुभेच्छुक संस्था का अध्यक्षहरुको सहभागिता रहने बस्नेतको भनाई छ।

प्रतिक्रिया दिनुहोस्