प्रदेश २ : जसपाका ११ सदस्यको लोसपालाई समर्थन,थप ४ जनाले भोलि सनाखत गर्ने

काठमाडौं।प्रदेश नम्बर २ का जनता समाजवादी पार्टी नेपालमा रहेका ११ जना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गरेका छन् । उनीहरूले निर्वाचन आयोगको प्रदेश कार्यालय, जनकपुरधाममा पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् ।

लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, नीलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेको निर्वाचन कार्यालयका प्रमुख पुष्पाकुमारी झाले जानकारी दिइन् । प्रदेश २ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाको कूल ५५ प्रदेशसभा सदस्य थिए ।थप ४ जनाले भोलि सनाखत गर्ने लोसपा श्रोतले जनाएको छ।

