थप तीन जिल्लाका क्रियाशील सदस्यहरुको नाम सार्बजनिक



काठमाडौं । नेपाली कांग्रेसले थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली बुझाएको छ । कांग्रेसले सुनसरी, बागलुङ र मकवानपुर जिल्लाको क्रिायाशील सदस्यता सूची निर्वाचन समितिलाई बुझाएको हो ।

निर्वाचन समितिले पार्टीका तर्फबाट बुझाएका क्रियाशील सदस्यको सूची वेबसाइटमा प्रकाशित गरेको जनाएको छ । कांग्रेसका यसअघि ५३ जिल्लाको क्रियाशील सदस्यता सूची बुझाएको थियो । यससँगै विवाद समाधान भएका जिल्लाको संख्या ५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्