सुदूरपश्चिम प्रदेशमा १० सांसदले छोडे एमाले,थप तीन जनाले भोलि सनाखत गर्ने दावी



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)बाट निर्वाचित १३ सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

नेकपा (एकीकृत समाजवादी)मा सनाखतका लागि पूर्णा जोशी, माया भट्ट , दुर्गा विक, अमर साउँद, कुलवीर चौधरी, मीना साउँद, दल बहादुर सोडारी, चुनकुमारी चौधरी, लालबहादुर खड्का, सुशीला बुढाथोकी आज प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेको सांसद अमरबहादुर साउँदले जानकारी दिए ।
उनका अनुसार तीन सांसदहरूको भने कागजपत्र नपुगेकाले भोलि सनाखत हुनेछ । दीर्घबहादुर सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको हस्ताक्षर भोलि हुने उनले बताए ।

सुदूरपश्चिममा एमालेबाट सभामुखसहित २४ सांसद निर्वाचित भएका थिए । एमाले विवादमा माधवकुमार नेपालको पक्षमा १७ सांसद उभिएका थिए । तीमध्ये १३ सांसदले नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) रोज्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्