जन्म्यो अर्को नयाँ पार्टी, मुलुकबाट दानवराज अन्त्य गर्ने घोषणा

काठमाडौं।संघीयता खारेजी, सनातन धर्मको संरक्षण र राजसंस्था पुनःस्थापनाको एजेन्डासहित वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति घोषणा गरिएको छ ।

कृष्ण जन्माष्टमीको अवसर पारेर सोमवार एकीकृत शक्ति नेपाल घोषणा गरिएको हो ।
दानव राजको अन्त्यका लागि कृष्णको जन्म भएको जस्तै देशमा दानवराज अन्त्य गर्दै मानवराज स्थापनाका लागि एकीकृत शक्ति नेपाल गठन गरिएको त्रिपाठीले बताए ।
देशका मौलिक मूल्यमान्यता जोगाउनका लागि नयाँ दल गठन गर्नुपरेको उनले बताए । त्रिपाठीले अहिलेको संविधानका राष्ट्रविरोधी प्रावधान खारेज गर्नुपर्ने बताए ।

