मदन भण्डारीलाई पदबाट हटाउन हस्ताक्षर संकलन गर्नेहरू अहिले एमाले बिभाजनमा लागे : पोखरेल
काठमाडौं।नेकपा एमाले सोलुखुम्बुले जिल्लामा पार्टी बिभाजनको खासै असर र प्रभाव नरहेको सन्देश प्रबाहित गरेको छ।

जिल्ला कमिटी सचिवालय सदस्यद्वय वीर उदास श्रेष्ठ र कल्पना राईको समन्वय तथा नेकपा एमाले सोलुखुम्बु काठमाडौं सम्पर्क मन्चको आयोजनामा आईतवार सम्पन्न राजधानीमा उपलब्ध जिल्ला नेता तथा कार्यकर्ताहरुको आकस्मिक भेलाले जिल्लामा पार्टी बिभाजनको खासै असर नरहेको स्पष्ट सन्देश दिएको हो। जिल्ला पार्टीका कार्यक्षेत्रमा खटिएका नेताहरुको ऐक्यबद्दता र हिंजोको उपस्तिथिले ९९ प्रतिशत नेता कार्यकर्ता बिभाजन को विपक्षमा रहेको पुष्टि भएको एमाले जिल्ला कमिटी सचिब शिशिर खालिङले बताउनुभयो ।
पूर्ब उपप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न समसामयिक राजनीतिक छलफल कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्य तथा सोलुखुम्बु इन्चार्ज किशोर अधिकारी, प्रदेश नं १ सम्पर्क(समन्वयका अध्यक्ष इन्द्र भण्डारी,सचिब नन्दकुमार राई,एमाले सोलु(काठमाडौ सम्पर्क मन्चका इन्चार्ज बच्चुनारायण श्रेष्ठ,एमाले जिल्ला कमिटी सोलुका सचिब शिशिर खालिङ, महिला नेतृ एबम् सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख कल्पना राई,खुम्बु पासाङल्हामु गाउँपालिकाका कार्यबाहक अध्यक्ष मिङमाछिरी शेर्पा, माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता मगर र प्रदेश १ सम्पर्क कमिटी सदस्य टपेन्द्र कार्कीले पार्टी बिभाजनको असर र यसको न्यूनीकरणका लागि खेल्नुपर्ने भूमिकाका सन्दर्भमा आ(आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रमलाई प्रमुख बक्ताको रुपमा सम्बोधन गर्दै महासचिव पोखरेलले आफ्नो आस्था र बिश्वासको धर्मको डोरी कहिल्यै चुडाउँनु नहुने बताउनु भयो।नेकपा एमालेमा विकसित पछिल्लो घटनाक्रमको लामो चर्चा गर्दै महासचिव पोखरेलले राजनीतिक बहस र बिबादमापानीढलो कुर्ने र भुंईमा दर्हो खुट्टा टेक्न सकिएन भने कहिल्यै सफल हुन नसकिने धारणा राख्नुभयो।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता गर्ने बेला गर्भमा आएका बिषाक्त चीजहरु फैलिएर नेकपा एमाले अहिलेको अवस्थामा आईपुगेको वहाँको भनाई थियो। बिगतमा पनि यस्ता अप्ठयारा र चुनौती पटकपटक आउने गरेको लामो दृष्टान्त दिंदै महासचिव पोखरेलले पार्टी जीवनमा आईपर्ने चुनौती र अप्ठ्याराहरुले सम्भावनाका नयाँ ढोका खोल्ने भएका कारण सशक्त ढंगले संगठन निर्माणमा जुट्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
तत्कालीन नेकपा मालेको चौथो महाधिवेशनमा भारी बहुमतका साथ महासचिबमा निर्बाचित मदन भण्डारीलाई पदबाट हटाउन हस्ताक्षर संकलन गर्नेहरू अहिले पनि हुनुहुन्छ । वहाँहरुको मदन भण्डारीसंग बोलचाल बन्द थियो,नाम त म भन्दिनँ तर वहाँहरु अहिले पार्टी बिभाजनको पक्षमा बोलिरहनु भएको छ, महासचिव पोखरेलले भन्नुभयो।नेकपा एमालेको बिभाजनको पक्षमा लागेकाहरुले लोकतान्त्रिक संसदीय इतिहासमा जघन्य अपराध गरेको आरोप पनि वहाँले लगाउनु भयो।
दक्षिणपन्थी शक्तिलाई सत्तामा स्थापित गर्नका लागि आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध फ्लोर क्रस गर्ने र अदालतमा मुद्दा हाल्नेहरुले कहिल्यै फुटको औचित्य पुष्टि गर्न नसक्ने बताउंदै वहाँले ०५४ सालमा एमाले बिभाजन भएको स्मरण समेत गराउनु भएको थियो।राष्ट्रबाद र राष्ट्रघातका कुरा उचालेर त्यतिबेला चालीस प्रतिशत जनप्रतिनिधिसहित पार्टी बिभाजित गरियो।हामीले यो फुटको औचित्य पुष्टि हुन सक्दैन भन्यौं पोखरेलले भन्नुभयो,(ुआखिर त्यो फुट तीन बर्ष पनि टिक्न सकेन।ु
अहिले ईर्ष्या,कुण्ठा र बदलाको भावना बाहेक पार्टी बिभाजनमा पुग्नुपर्ने अरु कुनै कारण नभएको वहाँको भनाई थियो । माधवकुमार नेपाल जस्ले १५ बर्ष एमालेको नेतृत्व गर्नु भो,वहांले कहिल्यै कसैसँग प्रतिस्पर्धा गर्नुपरेन।जब पार्टीको ९औं महाधिवेशनमा केपी ओलीसंग प्रतिस्पर्धा गर्नुपर्यो र वहाँ पराजित हुनु भो त्यति बेलैदेखि वहाँले पार्टीलाई समस्यामा पार्ने काम गर्दै आएको बताउनु भयो।पछिपछि त बराबर हैसियत भएको अध्यक्ष चाहिन्छ भन्न थाल्नु भयो,प्रतिस्पर्धा गरेर पराजित भएको मान्छेले यो के भनेको रु महाधिवेशन आउंनै लागेको थियो त्यति कुर्न पनि नसक्ने रु पोखरेलको प्रश्न थियो।
मुलुकको समृद्धि र बिकासका निमित्त स्थायी सरकारको निर्माण,राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा, अराजकताको अन्त्य र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले माओवादी केन्द्रसंग पार्टी एकता गरिएको भएपनि अर्काको अन्तरबिरोधमा खेल्ने र ढाडमा टेकेर टाउकामा हान्ने पुरानै रणनीतिलाई प्रचण्डले निरन्तरता दिएका कारण अहिलेको अवस्था उत्पन्न भएको वहाँको भनाई थियो।महासचिव पोखरेलले एमाले भित्रको गुटबन्दी र माओवादी केन्द्रको सांगठनिक अराजकताको गठजोडले अहिले आन्दोलनलाई क्षति पुगेपनि अब शुद्धीकरण भएर अगाडी बढ्ने भएका कारण महाधिवेशनको तयारी मा जुट्न निर्देशन दिनुभयो ।
अहिले पार्टीलाई ०७५ जेठ २ गते फर्काउने गरि कार्यान्वयन सुरु गरिएपनि यो जेठ ३ गते भएको एकता पछिको बिकसित रुप भएको स्पष्ट पार्नुभयो।त्यतिबेला एकता प्रक्रियामा आउनुभएका साथीहरू पनि हुनुहुन्छ,वहाँहरुलाई पनि तत्त्तत् भुमिकामा राखेर अगाडी बढ्नुपर्ने भएका कारण जेठ ३ पछिको विकसित रुप भनिएको वहाको भनाई थियो।
सम्पर्क मन्चका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठको अध्यक्षता तथा सचिब आङबाबु राईले सन्चालन गर्नुभएको सो कार्यक्रममा सम्पर्क मन्चका सदस्य खम्ब खत्रीले मन्चलाई ५ हजार र बिपत कोषलाई दुई हजार र अर्का सदस्य तिलक खत्रीले भुवनकुमारी बचाउ अभियानका लागि राइका पति गन्जकुबीर राईलाई १० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो।

