माधव नेपाललाई रावल र भट्टराईको प्रश्न:घचेट्दा घचिटिने हो भने फर्काउदा किन फर्किन नमानेको ?

काठमाडौं ।अन्तिम समयमा माधवकुमार नेपालको साथ छोडेका भीम रावल र योगश भट्टराईले माधवकुमार नेपालका विषयमा समाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

नेता नेपालले पार्टी फुटाउनुपर्छ भनेर बहस गर्ने र केपी शर्मा ओलीसँग बस्न हुँदैन भनेर ओलीसँगै जानेहरूलाई अगाडि धकेलेर भागेकाहरूको संज्ञा दिएका थिए । उनले सबल पार्टी निर्माण गर्ने हो भने दोस्रो तहकालाई नेतृत्व हस्तान्तरणका लागि तयार छु भनेर पनि बोलेका थिए । खासगरी तिनै अभिव्यक्तिलाई लिएर रावल र भट्टराईले नेपालप्रति लक्षित टिप्पणी गरेका हुन् ।

“कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनुपर्ने हो,” रावलले ट्विटमा लेखेका छन्, “द्वन्द्वको स्थितिमा अलग्गिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न । जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो ।”
काठमाडौं।अन्तिम समयमा माधवकुमार नेपालको साथ छोडेका भीम रावल र योगश भट्टराईले माधवकुमार नेपालका विषयमा समाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

नेता नेपालले पार्टी फुटाउनुपर्छ भनेर बहस गर्ने र केपी शर्मा ओलीसँग बस्न हुँदैन भनेर ओलीसँगै जानेहरूलाई अगाडि धकेलेर भागेकाहरूको संज्ञा दिएका थिए । उनले सबल पार्टी निर्माण गर्ने हो भने दोस्रो तहकालाई नेतृत्व हस्तान्तरणका लागि तयार छु भनेर पनि बोलेका थिए । खासगरी तिनै अभिव्यक्तिलाई लिएर रावल र भट्टराईले नेपालप्रति लक्षित टिप्पणी गरेका हुन् ।

“कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनुपर्ने हो,” रावलले ट्विटमा लेखेका छन्, “द्वन्द्वको स्थितिमा अलग्गिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न । जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो ।”

प्रतिक्रिया दिनुहोस्