कांग्रेस महाधिवेशन : ५३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्बजनिक



काठमाडौं।नेपाली कांग्रेसले अहिलेसम्म ५३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले शनिबार थप पाँच जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेसँगै यो संख्या ५३ पुगेको हो ।

यसअघि बिहीबार ३८ र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरिएको थियो । क्रियाशील सदस्यता छानविन समितिले कार्य सम्पन्न गरेका पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेसँगै यो संख्या ५३ पुगेको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

शनिबार समितिले नुवाकोट, धादिङ, चिवतन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको हो । यी जिल्लाहरुमा निर्वाचन अधिकृत पनि खटाइएको छ

प्रतिक्रिया दिनुहोस्