१४ औं महाधिवेशन : कांग्रेस सभापतिका दावेदार निधिले बानेश्वरमा खोले सम्पर्क कार्यालय

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफुलाई सभापति दावेदारका रूपमा प्रस्तुत गरिरहेका उपसभापति विमलेन्द्र निधिले काठमाडौंको नयाँ बानेश्वरमा सम्पर्क कार्यालय सन्चालनमा ल्याएका छन् ।

आउँदो महाधिवेशनलाई लक्षित गर्दै निधिले बानेश्वर ब्याङ्क्वेट नै बुक गरेर शुक्रवारबाट सम्पर्क कार्यालय सन्चालनमा ल्याएका हुन्। महाधिवेशनसम्मकै लागि बुक गरिएको ब्याङ्क्वेटमा सातै प्रदेशका लागि निधिका लागि छुट्टै सचिवालय कार्यालय र ५०० जना अट्ने बैठक कक्षको समेत व्यवस्था गरिएको छ।
निधि त्यहाँ पुग्दा कार्यकर्ताहरुले नाराबाजी गरेका थिए। ‘विमलेन्द्र निधि जिन्दावाद, पार्टी सभापति विमलेन्द्र निधि जिन्दावाद’ नारा बिच निधिले सम्पर्क कार्यालयको शुभारम्भ गरेका छन्।

