माधव नेपालको पार्टी दर्ता निर्बाचन आयोगको बिबादास्पद कदम भन्दै एमालेले कानुनी प्रतिबाद गर्ने

नेकपा एमालले निर्वाचन आयोगले विवादस्पद निर्णय गरेको आरोप लगाएको छ।

आज दिउँसो ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाल समूहले दर्ता गराएको पार्टीको सनाखत पक्रियमा आयोगले विवादास्पद निर्णय गरेको बताएको छ। कारबाहीमा परेका, अनुपस्थित भएका मानिसको पनि सनाखत गरेको भन्दै त्यसविरुद्ध प्रतिकार गर्ने जनाएको हो।
त्यस्तै, आयोगको निर्णयविरुद्ध कानुनी प्रतिवाद गर्नेसमेत निर्णय गरेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए। त्यस्तै, नयाँ पार्टीमा गएका नेताहरुको नाम पार्टीको अभिलेखबाट हटाउने र फर्किन चाहनेका लागि ढोका खुला राख्ने निर्णय गरेको छ। बैठकले १० बुँदे प्रस्तावलाई कार्यावन्य गर्ने विषयमा समेत निर्णय भएको नेता ज्ञवालीले भने।
हिजोमात्रै माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी)ले औपचारिक मान्यता पाएको हो। हिजो निर्वाचन आयोगले सनाखत प्रकृया पूरा गरेर राति पार्टी दर्ताको प्रमाणपत्र प्रदान गरेको थियो।

