पत्रकार सम्मेलनमा मेस्सीले रुँदा आँसु पुछ्न प्रयोग गरेको टिस्यु बिक्रीमा, भाउ १० लाख डलर



फूटबल जगतका सुपरस्टार लियोनल मेसीले किशोर अवस्थादेखि खेल्दै आएको क्लब बार्सिलोनाबाट बिदा लिँदै गर्दा पत्रकार सम्मेलनमा रोएको सबैले देखेको हो ।

त्यसक्रममा उनलाई पत्नी एन्टोनेला रोक्कुज्जोले टिस्यु पेपर दिएकी थिइन् । मेसीले आँसु पुछ्नका लागि प्रयोग गरेको त्यही टिस्यु १० लाख डलरमा बिक्रीका लागि राखिएको छ । पत्रकार सम्मेलनमा सहभागी एकजनाले टिस्यु भुइँबाट उठाएको थियो । अहिले त्यसलाई अन्तर्राष्ट्रिय लिलामी साइट मेकेडुओमा राखिएको छ ।

टिस्युमा मेसीको जिन टाँसिएको र त्यसबाट उनको क्लोन बनाउन मिल्ने भएकाले महंगो मूल्य पर्ने बिक्रेताले बताए । बार्सिलोना छोडेपछि मेस्सी पेरिस सेन्ट जर्मेनसँग जोडिएका छन् । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्