अध्यादेश विरुद्ध युवा संघले आज देशब्यापी प्रदर्शन गर्ने



काठमाडौं।नेकपा एमालेको भ्रातृ संगठन युवा संघले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गर्दै आज देशब्यापी प्रदर्शन गर्ने भएको छ ।

युवासंघका इन्चार्ज तथा एमाले केन्द्रीय सदस्य महेश बस्नेतले राजधानीमा नयाँ बानेश्वर र उपत्यकाबाहिर प्रत्येक जिल्ला सदरमुकाम तथा मुख्य शहरहरुमा प्रदर्शन गरिने बताए ।
मंगलबार पनि युवासंघले राजधानीमा प्रदर्शन गरेको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको भन्दै एमाले आक्रोशित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्