पवनदीप बने १२ औं ‘इण्डियन आइडल’



मुम्बई(एबीपी लाइभ)– भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’को उपाधि पवनदीप राजनले जितेका छन् । शोमा अरुणिता काञ्जीलाल फस्ट रनर अप भइन् ।

पवनदीपले अन्य चार प्रतिष्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् । फिनालेमा पवनदीपसहित दानिश खान, शनमुखप्रिया, अरुणिता काञ्जीलाल, निहाल तोरो, सयाली काम्बले प्रतिष्पर्धी थिए । उत्तराखण्डका पवनदीपले उपाधिसँगै नगद २५ लाख रुपैंयाँ, ट्रफी र एक कार पुरस्कार पाए ।

फिनाले झण्डै १२ घण्टा भन्दा बढी समयसम्म चलेको थियो । शोमा कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, कुमार सानू, अल्का याग्निक र उदित नारायण झालगायत पुगेका थिए । शोमा द ग्रेट खली पनि पुगेका थिए ।

फिनालेमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमियाको पनि उपस्थिति थियो । तर शोको निर्णायकमध्येकी एक नेहा कक्कड भने कार्यक्रममा उपस्थित थिइनन् ।

प्रतिक्रिया दिनुहोस्