नेपाल शिक्षक महासंघको नेतृत्व विवाद समाधान, काबा अध्यक्षमा कमला तुलाधर चयन

खगिन्द्रराज बास्तोला
काठमाडौं।लामो समय देखि नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिमा रहेको नेतृत्व विवाद समाधान भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिले रत्नराज्य मा. वि. का शिक्षक कमला तुलाधरलाई कार्यवाहक अध्यक्षको रुपमा सिफारिस गरेपछि सो विवाद समाधान भएको हो । तत्कालीन अध्यक्ष बाबुराम थापा २०७६ चैत्र २९ गते अनिवार्य अवकाश भएपछि नेपाल शिक्षक महासंघको नेपाल पनि अध्यक्षको जिम्मेवारी सम्हालिरहेको भन्दै विवाद उत्पन्न भएको थियोे । त्यसपछि नेपाल शिक्षक महासंघ दुई धारमा विवाजित भई सह अध्यक्ष पूर्णप्रसाद दवाडीले कार्यभार सम्हाल्दै आउनु भएको थियो ।

पूर्वअध्यक्ष बाबुराम थापा अनिवार्य अवकाश भएपछि नेपाल राष्ट्रिय शिक्षक संगठनले अध्यक्षमा अर्को व्यक्तिलाई सिफारिस गर्नुपर्नेमा त्यसो नगरी बाबुराम थापालाई नै निरन्तरता दिनुपर्ने कुरामा जोड दिदै आएको थियो ।
लामो समयपछिको छलफल, बहस र विवादपछि नेपाल नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय समितिले तुलाधरलाई कार्यवाहक अध्यक्षमा सिफारिस गरेपछि महासंघको समितिले पूर्णता पाएको समितिका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।

