जसपाको अध्यक्षबाट हटाईयो महन्थ ठाकुरको नाम



काठमाडौं।निर्बाचन आयोगबाट आधिकारिक मान्यता पाएको ।जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरको नाम अध्यक्षबाट हटाएको छ। उपेन्द्र यादवको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यकरिणी परिषद्को नामावली निर्वाचन आयोगमा पठाउदैं सो समूहले ठाकुर को नाम अध्यक्षबाट हटाएको हो। छ।

निर्वाचन आयोगमा आफ्नो पक्षमा उभिएका ३४ र रेशम चौधरीसहित ३५ जनाको नाम यादवले निर्वाचन आयोगमा पठाएको बताईएको छ।

यादवले केन्द्रीय समिति पनि अद्यावधिक गरेर निर्वाचन आयोगमा नामावली पठाएका छन्।

साउन १२ गते बसेको जनता समाजवादी पार्टीको बैठकले उपेन्द्र यादवको नेतृत्वमा ३५ जनाको नाम केन्द्रीय कार्यकारिणी परिषद्का रुपमा निर्वाचन आयोगमा पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्