भोलिका लागि सर्यो आज बस्न्ने भनिएको एमाले केन्द्रीय समिति बैठक

काठमाडौं ।आ इतबारका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। अध्यक्ष केपी ओली पक्षले आइतबारका लागि डाकेको बैठक एक दिन सरेको हो।

आन्तरिक गृहकार्य र पार्टी एकतालगायत विषयमा थप छलफल गर्नुपरेकाले बैठक सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकार दिए। बैठक सोमबारका लागि सारिएको उनले बताए।
सोमवार सुरुमा स्थायी कमिटी र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने तामाङले जानकारी दिए। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठकबाट सम्मानजनक एकतामा जोड दिएपछि ओलीले बैठक बोलाएको हो।

