फेरि विद्युत प्राधिकरण भित्रंदै कुलमान, हितेन्द्रदेबले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं।तत्कालीन केपी ओली नेतृत्वको सरकारले पुनर्नियुक्ती नदिएपछि २०७७ सालमा अवकाश पाउनु भएका कुलमान घिसिङले पुनः प्राधिकरणको जिम्मेवारी पाउनुहुने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न आदेश दिनु भएपछि यसको प्रकृया प्रारम्भ हुने भएको हो ।
उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुषाललाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनु भएको छ ।
तिवारीका अनुसार प्रधानमन्त्रीबाट निर्देशन भएकोले एक–दुई दिनमै नियुक्तीको प्रक्रिया थालिने छ ।
विगतमा लोडसेडिङ्ग हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरी चर्चामा आउनु भएका घिसिङ एक वर्ष अघि चार वर्षे कार्यकाल पूरा गरी प्रमुख कार्यकारीबाट अवकाश पाउनु भएको थियो ।
घिसिङको कार्यकालपछि तत्कालीन सरकारले उहाँको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।बर्तमान सरकारले उक्त जिम्मेवारी खोस्ने भएपछि शाक्य असन्तुष्ट छन।उनले यस बिषयमा आफ्नो धारणा सार्बजनिक गर्न आज पत्रकार सम्मेलन गर्ने बताईएको छ।

