बिवेकशील साझाले भन्यो,-‘संघियता र धर्मनिरपेक्षताको बिषयमा जनमत संग्रह गरौं’



काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न प्रस्ताव गरेका छन् ।

बहसका लागि ४४ पृष्ठ लामो अवधारणा सार्वजनिक गर्दै मिश्रले स्थानीय तहको पुनर्संरचना गर्नुपर्नेमा जोड दिएका छन् । संघीयता भ्रष्टाचार र आर्थिक भारको स्रोत रहेको भन्दै उनले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । धर्मनिरपेक्ष राष्ट्र कायम राख्ने वा नराख्ने भन्नेबारे जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव उनको रहेकाे छ ।

मिश्रकाे अवधारणाले २०६२/०६३ सालकाे जनआन्दोलनका उपलव्धी संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रलाई ठाडै चुनाैती दिएर प्रतिगामी र पश्चगामी प्रस्ताव अघि सारेका छन्। उनले कसकाे इसारामा यस्ताे अवधारण अघि सारे गम्भीर अनुसन्धानकाे विषय भएकाे छ।

प्रतिक्रिया दिनुहोस्