जसपा बिबाद : हेडकाउण्टमा उपेन्द्र समूहमा ३४, ठाकुर समूहमा १६ कार्यकारिणी सदस्य,रेशम तटस्थ



काठमाडौं । निर्वाचन आयोगले जसपाको आधिकारिकताको छिनोफानो आज सोमबार गर्दैछ । त्यसका लागि आयोगले अहिले जसपाको केन्द्रीय कार्यकारिणी समितिमा रहेका पदाधिकारीसहित सदस्यहरुको नागरिकता वा मतदाता परिचयपत्रका आधारमा सनाखत ‘हेड काउन्ट’ गरिरहेको छ ।

आयोगमा जसपाको कार्यकारिणी समितिमा ५१ सदस्य रहेको रेकर्ड छ । सो रेकर्ड अनुसार सनाखतमा उपेन्द्र यादव पक्षमा अहिलेसम्म ३४ जना उभित्रएका छन् । यो कूल संख्याको दुई तिहाइ हो ।

यस्तै महन्थ ठाकुर पक्षमा १६ जना उभिएका छन् । बाँकी रेशम चौधरीलाई पनि सनाखतका लागि आयोग लगिएको छ ।उनी पनि यादव पक्षमा खुल्ने वचन यादव पक्षले पाइसकेको छ ।

जसपाको विवाद छिनोफानो गर्नका लागि आयोगले प्रमुख आयुक्त दिनेश थपलियाको संयोजकत्वमा इजलास गठन गरेर सुनुवाइ गरेको थियो ।

कुन पक्षमा कोको उभिए ?
१ उपेन्द्र यादव
२ अशोक राइ
३ डा.बाबुराम भट्टराई
४ महेन्द्रराय यादव
५ राजकिशोर यादव
६ गोविन्द चौधरी
७ मृगेन्द्रकुमार सिंह यादव
८ नवलकिशोर शाह
९ अमृतादेवी अग्रहरी
१० रामनरेश राय यादव
११ राजेन्द्रप्रसाद श्रेष्ठ
१२ नवराज सुवेदी
१३ परशुराम खापुङ
१४ युवराज कार्की
१५ रकम चेम्जोङ
१६ रेणुकमारी यादव
१७ मो।लालबाबु राउत
१८ हिसिला यमी
१९ हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१ रणध्वज कन्दङ्वा
२२ रामसहायप्रसाद यादव
२३ डम्मरु बल्लभ खतिवडा
२४ प्रकाश अधिकारी
२५ मो.ईस्तियाक राई
२६ दुर्गा सोब
२७ परशुराम बस्नेत
२८ प्रसान्त सिंह
२९ भक्तबहादुर शाह
३० शुशिला श्रेष्ठ
३१ विजयकुमार यादव
३२ रमेशप्रसाद यादव
३३ गजाधर रोहिता यादव
३४ मनिषकुमार सुमन

महन्थ ठाकुर पक्ष

१ं महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ शरत् सिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कर्ण
११ राजकुमार लेखी
१२ केशबकुमार झा
१३ अकवाल अहमद शाह
१४ दानबहादुर विश्वकर्मा
१५ निर्जला राउत
१६ सुनिलकुमार झा

प्रतिक्रिया दिनुहोस्