पदभार ग्रहणपछि राज्यमन्त्री श्रेष्ठले भने,- ‘जनताको ज्यान जोगाउन हरसम्भव प्रयास गरिन्छ’



प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका हुन्।

राज्यमन्त्री श्रेष्ठले आइतबार सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन्। सपथपछि आइतबार नै राज्यमन्त्री श्रेष्ठले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरे।

पदभारपछि मन्त्री श्रेष्ठले कोरोनाबाट जनताको ज्यान जोगाउन हरसम्भव प्रयास गर्ने बताए। अब स्वास्थ्य सामाग्रीको अभावका कारण कोही संक्रमितले पनि ज्यान गुमाउनु नपर्ने उनले बताए। उनले कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीले दिएको निर्देशनलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्