माधव नेपाल समूहको स्थायी समिति बैठक आज पनि बस्दै



काठमाडौं।नेकपा एमालेको माधव कुमार नेपाल समूहको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ।आईतवार सुरु सो समूहको स्थायी समिति बैठकमा आज कार्यदलमा भएको १० बुँदे सहमतिका अलवा समूहको रणनीति र समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल हुने बताइएको छ ।

आईतवार बसेको बैठकमा नेपाल पक्षका कार्यदल संयोजक भीम रावल पनि सहभागी थिए । बैठकमा रावलले १० बुँदे सहमतिबारे ब्रिफिङ गरेका थिए । रावलको ब्रिफिङ सुनिसकेपछि वरिष्ठ नेता नेपाल अन्य कामका लागि भन्दै बाहिरिएका थिए । नेपालले सोमबार फेरि बैठक बसेर थप छलफल गरिने बताएका थिए ।

एमालेभित्रको विवाद समाधानका लागि दाेस्राे तहका नेता निरन्तर छलफल र संवादमा छन् भने अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपाल भने एक–अर्कालाई आरोप–प्रत्यारोप गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्