कार्तिक २७ पछि राप्रपाले आन्दोलन गर्ने कमल थापाको घोषणा



काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना साथै भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद
र विदेशी हस्तक्षेपको विरोधमा देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् ।

राप्रपा काठमाडौं क्षेत्र नं५(ख)ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले आगामी कार्तिक २७ देखि हुने पार्टीको महाधिवेशनपछि हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि देशब्यापी आन्दोलन गर्ने बताएका छन् ।

‘जनताले अहिले हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता महसुस गरेका छन्। यो एजेण्डाको असली संवाहक राप्रपा हो।राप्रपा बलियो भएमात्र यो एजेण्डा स्थापित हुन्छ’ उनले भने, ‘राप्रपा र यसको नेतृत्वलाई कमजोर बनाउँनु हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा सँधैको लागि समाप्त पार्नु हो।’

त्यस्तै थापाले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन एकता महाधिवेशनले अनेकता र विभाजन होइन सहमति र एकताको सन्देश दिनुर्ने पनि बताए । उनले भने, ‘हाम्रो संगठन तुलनात्मक रूपमा कमजोर छ। अन्य दलहरुमा जस्तो गुटबन्दी र अनुशासनहीनता राप्रपाले धान्न सक्दैन। एकपटक सबै मिलेर पार्टीलाई जुरुक्क उचाल्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्