नेपाली कांग्रेस बेईमानहरुको झुन्ड हो भन्ने प्रमाणित भयो : जसपा सांसद लामा



पोखरा । सत्ता समीकरण निर्माणका लागि भएका सम्झौताहरुको पालना नगरेको भन्दै जनता समाजवादी पार्टी गण्डकी प्रदेशसभा सदस्य धनमाया लामाले नेपाली कांग्रेस बेइमानहरुको झुण्ड भएको प्रमाणित भएको प्रतिक्रिया दिएकी छन ।

विश्वासको मत लिनु अघि ४ असारमा निर्णायक शक्ति जसपालाई फकाउन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले अर्थ मन्त्रालयसहित दुई मन्त्रालय दिने लिखित सहमति नै गरेका थिए । तर, लिखित सहमति भएको अर्थ मन्त्रालय त काँग्रेसले बुझ पचाएर दिएन नै, दुई मन्त्री दिने भनेकोमा त्यो पनि कञ्जुस्याईं गरेर एक मन्त्रालयमा मात्रै सिमित राखे पछि लामाको सो प्रतिक्रिया आएको हो।सरकार गठनको ४२ दिनपछि पोखरेलले शुक्रबार मन्त्री मण्डललाई पूर्णता दिएका थिए।

अर्थमन्त्री दाबी गर्दै आएका जसपाका हरिशरण आचार्य उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयमा चित्त बुझाउन बाध्य भएका छन् । सांसद लामालाई पार्टीले कृषि तथा सहकारी मन्त्रीका लागि सिफारिस गरको थियो । तर, काँग्रेसले त्यो पनि दिएन्।‘कम्युनिस्टको सरकार गिराएर कांग्रेस नेतृत्वको सरकार बनाउन योगदान गरेकोमा जसपा गण्डकी प्रदेशलाई घोषणा गरेका उपहारहरू एकमुस्ट यता छ है । संसदीय व्यवस्थामा क्या दुरदर्शी हाम्रा नेतागणहरू वाह,’ उनले सामाजिक सन्जालमार्फत वैशाख १३, असार ४, असार ८ र असार २३ गतेका पत्रहरूसमेत सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्