भोलिबाट लामो दूरीका यातायात सन्चालनमा आउने

काठमाडौं।दुई महिना यतादेखी बन्द लामो दुरीका सार्बजनिक यातायात भोलिदेखि सन्चालनमा आउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले शनिबार देखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डुले शुक्रबार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको जनाएको छ । यस्तै प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ ।


