एकताका लागि दोस्रो अध्यक्ष दिने ओलीको प्रस्ताव, मान्लान माधव नेपालले?



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि हदैसम्मको लचिलो हुदै पार्टीमा दुई अध्यक्षको व्यवस्था गर्न आफू तयार रहेको जनाउ दिनुभएको छ ।

एमालेको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका लागि आफू हदैसम्मको लचिलो हुने, पार्टीलाई २०७५ जेष्ठ २ को अबस्थामा फकाईउदै संगठनात्मक क्रियाकलापहरु अघि बढाउने, कार्यदलले सहमति गरेको १० बुँदे प्रस्ताबलाई कार्यन्वयन गर्ने तथा पार्टीमा दुई अध्यक्ष बनाउन आफू तयार रहनुभएको बताउनु भएको थियो ।

ओलीले राख्नुभएको प्रस्ताब बरिष्ठ नेता माधब नेपाल समक्ष एक नेताले पुर्‍याएका छन् । माधब नेपालको निकै निकट रहेका ती नेतासँगको छलफलपछि ओलीले आफ्नो धारणा सार्बजनिक गर्नुभएको एक नेताले जानकारी दिनुभयो ।

ओलीलाई पार्टी बिभाजनको अपजसबाट जोगिनुपर्ने बाध्यता छ भने नेपाललाई पनि पार्टी बिभाजन गरेको आरोप आफूमाथि नलागोस भन्ने छ ।जसका कारण एकले अर्कालाई गलाउने रणनीतिमा दुबै नेताहरु रहेका छन् ।

एमाले पार्टीका दुई अध्यक्ष यो गतिरोधको बटम लाइन पनि बन्न सक्ने देखिन्छ । सायद भित्री तयारी यो हुन पनि सक्दछ । यसका लागि दोस्रो तहका नेताहरुका प्रयास सार्थक बन्न पनि सक्छन् ।

प्रतिक्रिया दिनुहोस्