माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौं।सत्तारूढ घटक नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्माणलाई गति दिन केन्द्रीय कमिटी बैठक डाक्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘पार्टी निर्माणलाई गति दिने गरी केन्द्रीय कमिटीको बैठक साउन २० बाट ११ बजेदेखि शुरु हुने भएको छ,’ बुधवारको स्थायी कमिटीको निर्णयबारे जानकारी दिँदै श्रेष्ठले भने, ‘तयारीका लागि साउन १७ गते स्थायी कमिटिको बैठक बस्ने निर्णय भएको छ।’

त्यसैगरी माओवादी स्थायी कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सबै राजनीतिक पार्टी र सांसदहरुलाई धन्यवादसमेत दिएको दिएको छ।

माओवादीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवस ९ गते पर्ने भएकोले केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गर्ने र देशभर कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ

प्रतिक्रिया दिनुहोस्