नेचासल्यानकी एक महिला इलाम जिल्ला अदालत परिसरमा मृत फेला



काठमाडौं।सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं(२ कि बिमला पराजुली मृत फेला परेकी छन् ।

इलाम जिल्ला अदालतमा कार्यालय सहयोगीको रुपमा कार्यरत ४८ बर्षीय पराजुली बिहान करिब ८ बजे अदालत परिसरभित्रै मृत फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले रहस्यखबरलाई जानकारी दिए। अदालत परिषरभित्र घोप्टो अवस्थामा उनलाई मृत देखेपछि सफाइ कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।मृत्यु शंकास्पद देखिएपछि धरानबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाईनुका साथै मोबाइल कल डिटेल्स र अन्य अनुसन्धान प्रक्रियालाई अगाडी बढाईएको एसपी श्रेष्ठले जानकारी दिए।

पराजुली ०७२ सालमा अदालतको कार्यालय सहयोगीका रूपमा करारमा नियुक्त भएकी थिइन।अदालत परिसर बाहिर रहेको क्वाटर मा बस्दै आएकी उनी आईतवार भने नगएको हुन सक्ने एसपी श्रेष्ठको अनुमान छ। आईतवार भने उनी क्वाटर गएजस्तो देखिएन श्रेष्ठले भने,(ुउनको शब कार्यालय पोशाकमै भेटिएको छ।ु

पराजुली इलाममा बस्दै आएपनि उनका छोराछोरी भने काठमाडौं बस्ने गरेको खुल्न आएको छ। एक छोरा र एक छोरी छन भन्ने सुनिएको छ,तर अन्य औपचारिक जानकारी प्राप्त हुनसकेको छैन,उनले भने।

प्रतिक्रिया दिनुहोस्