माओवादी केन्द्र खारेज गर्नुपर्ने बादल समूहको माग निर्बाचन आयोगद्वारा अस्वीकार



काठमाडौं, २७ असार । नेकपा (माओवादी केन्द्र) खारेज गर्नुपर्ने पूर्व माओवादी नेताहरूको मागलाई निर्वाचन आयोगले अस्वीकार गरिदिएको छ । माओवादी छाडेर एमालेमा लागेका पूर्व माओवादी नेताहरूको मागबमोजिम पार्टी नै खारेज गर्नुपर्ने नदेखिएको निष्कर्ष आयोगले निकालेको हो ।

‘निवेदन अनुसार दल दर्ता खारेज गर्नुपरेन,’ आयोगको बैठकको निर्णय उद्धृत गर्दै प्रवक्ता राजकुमार श्रेष्ठले लोकान्तरसँग भने ।

माओवादी लामो समयदेखि महाधिवेशन समेत नगरी छापामार शैलीले चलेको आरोप लगाउँदै टोपबहादुर रायमाझी, प्रभु साह लगायतका नेताहरूको अग्रसरतामा निर्वाचन आयोगमा उजुरी दर्ता भएको थियो । उक्त उजुरीमा माग भएबमोजिम कुनै किसिमको कारवाही गर्नुपर्ने नदेखिएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्