जसपाको विवाद टुंग्याउन इजलास गठन

काठमाडौँ । एकै ठाउँमा बस्न नसक्ने भएपछि जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ ।

बैठकले सुनुवाइको लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय गरेको छ । यदि कानुन व्यवसायी राख्ने भए साथै ल्याउन भनिएको छ ।
आयोगले जसपाको महन्थ ठाकुर तथा उपेन्द्र यादव समूहलाई नै बोलाएर सहमति जुटाउने प्रयास गरेको थियो । तर, दुवै पक्ष पार्टी विभाजनमा जान तयार भएको ले आयोगले आधिकारिकताको लागि इजलास गठन गरेको हो ।

