बुधबारदेखि फेरि तीन दिनसम्म ठुलो बर्षा हुनसक्ने



काठमाडौं, २२ असार । एक सातादेखि लगातार परेको पानी सोमबार विहानदेखि रोकिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी प्रणाली निष्कृय बन्दै गएकाले सोमबार र मंगलबार सामान्य मात्र वर्षा हुने जानकारी दिनुभयो ।

बुधबारदेखि भने पूर्वी नेपालदेखि मनसुनी चक्र सकृय भएर पश्चिमतर्फ बहने भएकाले बुधबार, बिहीबार र शुक्रबार ठूलो वर्षा हुने उहाँले बताउनुभयो । तीन दिन भारी वर्षा हुने भएकाले नदीहरुमा पानीको बहाव बढ्ने भएकाले जोखिम हुनसक्ने जनाइएको छ । मनसुनी प्रणाली भित्रिएसँगै यस वर्ष भारी वर्षा हुदाँ बाढी, पहिरो र डुबानले ठूलो क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्