पत्रकारका संघसंस्थालाई नेपाल पत्रकार मञ्चले बितरण गर्यो स्वास्थ्य सामाग्री

काठमाडौं । नेपाल पत्रकार मञ्चले पत्रकारका बिभन्न संघसंस्थाहरुलाई कोभिड- १९ को संक्रमणका बेला प्रयोग हुने स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

मन्चले शुक्रबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर र दक्षिण एशियाली खेलकुल पत्रकार संघलाई र बिहीबार कार्टुनिष्ट क्लबलाई पीपीई, मास्क, सेनिटाइजरलगायतका सामान बितरण गरेको हो ।मन्चका अध्यक्ष युबराज बिद्रोहीले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै महामारीका समयमा पत्रकारहरुमा पर्ने आर्थिक, सामाजिक तथा भौतिक समस्या व्यवस्थापनमा मन्चले साथ दिने प्रयास गरेको बताएका छन।
भक्तपुर शाखालाई सामाग्री वितरण गर्दा मञ्चका महासचिव विमल थापा, कार्यसमिति सदस्य जेन श्रेष्ठ, नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशका महासचिव रोयल आचार्यसहित पदाधिकारी उपस्थित रहेको मन्चले जनाएको छ।
सामग्री प्राप्त गरिसकेपछि प्रतिक्रिया दिँदै भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापतिले मञ्चले प्रदान गरेका सामग्रीले शाखाले सदस्यप्रति पूरा गर्नुपर्ने जिम्मेवारीमा सघाएको बताए । त्यस्तै खेलकुद पत्रकार संघका महासचिव राधेश्याम दाहालले मञ्चले गरेको संस्थागत साझेदारिताबाट आफूहरु लाभान्वित भएको बताए ।

