स्नातक तह दोश्रो बर्षको परीक्षा साउन ५ गतेबाट हुने

काठमाडौं, ११ असार । त्रिभुवन विश्व विद्यालयले स्नातक तहको परीक्षा साउन ५ गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि कोरोना महामारीको दोस्रो लहरका कारण परीक्षा हुँदा हुँदै स्थगित गरिएको थियो । साउन ५ गतेदेखि स्नातक तह दोस्रो वर्षको परीक्षा सञ्चालन गर्ने गरी त्रिविले परीक्षा तालिका सार्वजनिक गरेको छ ।

त्यस्तै साउन १० गतेदेखि स्नातक तह प्रथम वर्षको परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेको छ । त्रिविले आफ्नो पायक पर्ने परीक्षा केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाएको छ । घरपायक केन्द्रका लागि माग गरिएअनुसार मात्र त्यस्तो व्यवस्था मिलाइएको त्रिविले जनाएको छ ।
प्रथम वर्षका लागि अनलाइन माार्फत् समेत परीक्षा फारम भरिएको थियो । कसैको परीक्षा फारम भर्न छुटेको खण्डमा असार १५ गतेभित्र भर्न समेत आह्वान गरिएको छ ।

