भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने कांग्रेसको निर्णय



काठमाडौं, ३ असार । नेपाली काँग्रेसको महाधिवेशनको मिति र तल्लो इकाईको अधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकद्वारा पारित भएको छ । आज बसेको बैठकले संशोधनसहित कार्यतालिका पारित गरेको हो ।

काँग्रेसको नयाँ कार्यतालिका पारित गर्दै १२ साउनबाट वडा तहबाट अधिवेशन थाल्ने भएको छ । पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि हेरफेरि गरिएको छ ।

काँग्रेस महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा हुने भएको छ । यसलाई पनि बैठकले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्